स्वअध्ययन गरेर पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ
बैशाख १३, २०८१ बिहिबार
शनिबार यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति निकाल्दै आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन् । व्यवसायीले शनिबारदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् ।
सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा शनिबार देशभर गाडी ग्यारेजमै थन्काएका थिए । तर सरकारले ग्यारेजमै गाडी थन्काउने र यातायातजस्तो अत्यावश्यक सेवामा अवरोध गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।
शुक्रबार यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सिवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्तलगायत देशभरबाट झण्डै सय जना यातायात व्यवसायीहरु पक्राउ परेका थिए ।
विज्ञप्तिमा शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने जनाइएको छ ।