बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
काठमाण्डाै - नुवाकोटको ककनी गाउँपालिकाबाट विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर नुवाकोट पुगेको छ ।
सेनाका तालिमप्राप्त कर्मचारीले ती व्यक्ति पुगेको लिखु गाउँपालिकाको टावरमा पुगेर उद्धारकाे प्रयास गरेका छन्, तर उनी झन् झन् भाग्दा समस्या भएको छ । ‘केही समय पहिलेसम्म उनी टावरमा बसेका थिए, सेनालाई देखेपछि तार नै तार झन् भागिरहेका छन्, उद्धारमा निकै समस्या हुने देखियो’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भन्नुभयो ।
मानसिक सन्तुलन गुमाएका व्यक्ति ककनीबाट प्रसारण लाइनमा चढेकोमा अहिले तार नै तार हिँडेर लिखु गाउँपालिका पुगेका छन् । उनका कारण माथिल्लो त्रिशूली 'थ्री ए' को ६० मेगावाट र अरु ५ मेगावाट गरी ६५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । यसैको कारण ठाउँठाउँमा लोडसेडिङ भएको र भारतबाट आयात बढाइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।