रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको ईयूको आरोप

 असार ५, २०७९ आइतबार ६:३५:५४ | एजेन्सी
unn.prixa.net

युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ  ।

ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताउनु भएको हो ।

युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उहाँको भनाइ छ ।  रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उहाँले बताउनु भएको छ । उहाँले विश्वव्यापी खाद्य सुरक्षाका लागि संयुक्त राष्ट्र सङ्घ र आफूहरुले प्रयास थाल्ने दाबी पनि गर्नु भएको छ ।  

ईयूका अनुसार रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ । खाद्य सुरक्षाका लागि युक्रेनबाट हुने निर्यातलाई जहाजमार्फत पुनः सञ्चालन गर्नु जरुरी भएको र यसका लागि संयुक्त राष्ट्र सङ्घसँग छलफल भइरहेको ईयूले जनाएको छ ।

यो छलफलले कुनै निकास निकाल्ने हुँदा विश्वव्यापी खाद्यान्न अभावको थप सङ्कट रोकिने ईयूको दाबी छ ।  
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया