नेपाली ‘शासक’ ले झुकेर भित्रभित्रै एसपीपी सम्झौता गर्ने त हाेइनन् ? : महरा

 असार ६, २०७९ सोमबार १६:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली ‘शासक’ ले झुकेर स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । 

आज सोमवार काठमाण्डौमा भएको ३१ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताउनुभएको हो । उहाँले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलले एसपीपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशङ्का गर्दै आमनागरिक सचेत रहनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको विरुद्ध छ । सबै पार्टीले बोले । एसपीपी नेपालको राष्ट्रिय स्वाधीनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शङ्का छ । कतै नेपाली शासकहरू झुक्ने त होइनन् । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने त होइनन् ? त्यो आशङ्का मेटियोस् ।

पूर्वसभामुखसमेत रहनुभएका महराले देशको सत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशङ्का व्यक्त गर्दै सबै नागरिक तत्काल राष्ट्रिय स्वाधीनताको आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया