माओवादीले मन्त्री फेर्ने प्रस्ताव गरेकाे छैन : देव गुरुङ

 असार ६, २०७९ सोमबार १८:४१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताउनुभएको छ । 

आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्ट पार्नुभएकाे हो । उहाँले मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुनर्गठन हुनै सक्दैन भने भन्न नसक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को गठन, पुनर्गठन भन्ने कुरा प्रधानमन्त्रीको अनुभूतिको आधारमा हुने कुरा हो । दलका नेताहरूको अनुभूतिको आधारमा हुने कुरा हो । त्यस कारणले निरपेक्ष रूपमा पुनर्गठन हुनै सक्दैन पनि भन्न सकिँदैन । अनिवार्यरूपले हुनैपर्छ भन्ने विषय पनि होइन । के गर्दा सहज ढङ्गले चलाउन सकिन्छ, त्यो ढङ्गले लचकतामा सोच्ने विषय हो । पार्टीको तर्फबाट अहिले प्रस्ताव गरेकै छैन नि । हामीले यो प्रस्ताव गरेको विषय होइन ।’

प्रमुख सचेतक गुरुङले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने धारणासमेत राख्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया