अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकालाई

 असार ८, २०७९ बुधबार ६:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो ।

हिजो भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३–१ ले जितेको हो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला जित्न सफल भएको छ । कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय ५९ रनको मध्यम लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ५० ओभरमा २ सय ५४ रन बनाउँदा अलआउट भयो ।

अष्ट्रेलियाका डेभिड वार्नरले ९९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २/२ विकेट लिए । श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो । उसका चारिथ असलन्काले १ सय १० रनको शतकीय पारी खेले । त्यस्तै धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय पारी खेले ।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए । यसअघि भएको टी–ट्वेण्टी श्रृङ्खला भने अष्ट्रेलियाले जितेको थियो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया