एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै

 असार १०, २०७९ शुक्रबार ६:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल मलेसियाको किनरारा मैदानमा बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ ।

एसिया कपमा भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र थाइल्यान्ड रहेका छन् । नेपाल समूह ‘बी’ को उपविजेता र यूएई समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो भने हङकङसँग ७ विकेटले पराजित भएको थियो । तर यूएई अपराजित टोली हो । फाइनल खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया