पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी, सडक खुलाउने प्रयास हुँदै

 असार १०, २०७९ शुक्रबार ६:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ ।

बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गाडी  एकतर्फी रुपमा चलिरहेका छन् । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।

पानी पर्ने बित्तिकै पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक काम नपरि पानी परेका बेला यो सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध छ ।  

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया