श्रीलङ्कासँगको अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

 असार ११, २०७९ शनिबार ६:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ ।

कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

अस्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै, मार्नुस लावुसेनले ३१ र क्यामरुन ग्रीनले अविजित २५ रन बनाए । श्रीलङ्काका दिनुथ वेलालेजले ३ तथा महिस थिक्सनाले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो ।

श्रीलङ्काका चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल मेन्डीसले २६ रन जोडे । अस्ट्रेलिया पहिलो खेलमा दुई विकेटले विजयी भएको थियो । श्रीलङ्का दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले विजयी हुँदै श्रृङ्खला जितेको थियो ।

त्यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खला अस्ट्रेलियाले जितेको थियो । यी दुई देशबीच दुई टेस्ट श्रृङ्खला पनि हुनेछ ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया