ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ।
कार्यतालिका अनुसार नेपाल आज क्यानडा भ्रमणमा निस्कने कार्यक्रम थियो । नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय अभ्यास खेल खेल्ने यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको थियो । तर भिसा आउन समय लागेपछि अभ्यास खेल अन्योलमा परेको छ ।
क्यानका म्यानेजर विनोद दासले टी–२० अभ्यास खेल तोकिएको समयमा नहुने पक्का भएको बताएका छन् । आईसीसी विश्व कप लिग–२ को त्रिदेशीय श्रृङ्खलामा नेपाल, स्कटल्यान्ड र नामिबिया रहेका छन् । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।
यो श्रृङ्खला असार २७ देखि सुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।