मन्त्रिपरिषद् पुनर्गठन : मेटमणि सहरी विकास मन्त्री, पर्यटनमा जीवनराम श्रेष्ठ (सूचीसहित)

 असार १२, २०७९ आइतबार १९:१९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गर्नुभएको हो ।

एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाउनुभएको थियो । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त हुनुभएको छ । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो, उहाँलाई मन्त्रीमा बढुवा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया