बझाङमा बलात्कार आराेपमा शिक्षक पक्राउ

 असार १४, २०७९ मंगलबार २०:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बझाङ – युवतीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिकाकाे सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेका प्रहरीले जनाएको छ ।

असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी १८ वर्षीया युवतीलाई गुर्धामीले बलात्कार गरेकाे आराेप लागेकाे छ । गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुङ्गानाले बताउनुभयाे । 

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ढुङ्गानाले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया