रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता

 असार १८, २०७९ शनिबार ७:०:५ | एजेन्सी
unn.prixa.net

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ ।

हिजो उहाँहरुबीच भएको कुराकानी रुस–युक्रेन युद्धका बारेमा केन्द्रित रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको छ ।

माेदीले आफूले सुरुदेखि नै वार्ता र कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएको र अहिले पनि त्यही धारणा रहेको बताउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ ।

दुई देशका शीर्ष नेताबीच विगतमा भएका अन्य सहमति र सम्झौताको कार्यान्वयनका बारेमा पनि थप छलफल भएको छ । 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया