रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनको दाबी

 असार १८, २०७९ शनिबार ७:११:१९ | एजेन्सी
unn.prixa.net

रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट दक्षिणी क्षेत्र ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनले दाबी गरेको छ ।

ओडेसा क्षेत्रमा एक बालकसहित कम्तीमा २० जनाको ज्यान गएको युक्रेनी अधिकारीको दाबी छ ।

आक्रमणमा ६ बालबालिकासहित ३८ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

क्षेप्यास्त्र प्रहार भएका बेला उनीहरु नौ तले भवनमा रहेका थिए । नौ तले भवनको भग्नावशेषमा अग्नि नियन्त्रकले जीवित हुनसक्ने व्यक्तिको खोजी गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।

रुसले केही दिनयता युक्रेनी सहरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको खबरमा उल्लेख छ । तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले नागरिकलाई लक्षित गरी कुनै पनि आक्रमण नगरेको प्रतिक्रिया दिनुभएकाे छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया