अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

 असार २२, २०७९ बुधबार १६:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज बुधवार प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले राजीनामा दिनुभएकाे हाे । 

बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले राजीनामा दिनुभएको हो । 

उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएकाे छ । 

‘मेराे राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेकाे छैन । तथ्यमा गइदिनुहाेला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया