सङ्घ र प्रदेशको चुनाव मङ्सिर २ गते गर्न प्रस्ताव

 असार २२, २०७९ बुधबार १७:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव आउँदो मङ्सिर २ गते गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासहितको आयोगको टोलीले आज बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर २ गते एकै चरणमा सङ्घ र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको हो । आयोगले जटिल मानिएको पालिका चुनाव एकै चरणमा सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा सङ्घ र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न सकिने बताएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले मङ्सिर २ गतेको मिति केही तलमाथि हुन सक्ने तर सरकारले अवधि तलमाथि नपर्ने गरी चाँडै मिति घोषणा गर्ने बताउनुभएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो ।एक सय २० दिनकै अवधि राखेर सरकारले मिति घोषणा गर्ने भन्दै प्रधानमन्त्री देउवाले आयोगलाई आफ्ना नियमित काम जारी राख्न सुझाव दिनुभएको हो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया