अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले थप सात करोड १० लाख जना नागरिक चरम गरिबीमा पुग्ने चेतावनी दिएको छ ।
यूएनडीपीले प्रकाशित गरेको नयाँ प्रतिवेदनले बढ्दो महँगी र जीवन निर्वाहमा परिरहेको समस्या कारण गरिब देशका सात करोड १० लाख जनसङ्ख्या चरम गरिबीमा धकेलिने जोखिम रहेको जनाएको हो ।
यूएनडीपीका प्रशासक अचिम स्टेनरले बढ्दो महँगीले अफ्रिका र एसियाका गरिब देशका नागरिक यसअघि नै समस्यामा परिसकेको उल्लेख गर्दै पछिल्लो समयको सङ्कटले एक सय ५९ विकासोन्मुख देशका लाखौँ नागरिक समस्यामा पर्ने देखिएको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
रिपोर्टका अनुसार सबैभन्दा गरिब देशका पाँच करोड १० लाख जना मानिस दैनिक एक डलर ९० सेन्ट र निम्न आय भएका देशका दुई करोड जना मानिस दैनिक तीन डलर २० सेन्टमा दैनिकी गुजार्न बाध्य भएका छन् । यस्तै मध्यम आय भएका देशका नागरिकले दैनिक साढे पाँच डलरमा आफ्नो दैनिकी बिताइरहेका प्रतिवेदनमा उल्लेख छ ।
केही महिनाभित्र १७ करोड १० लाख जना नागरिक गरिबीको रेखामा पुग्ने यूएनडीपीको अनुमान छ । सरकारहरूले दिइरहेको अनुदान र राहत हुने–खानेले नै लिइरहेको उल्लेख गर्दै यूएनडीपीले खाद्यान्न र ऊर्जामा निम्न आय भएका नागरिकलाई प्राथमिकता दिन आग्रह गरेको छ ।