ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेट भारतले जितेको छ । साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले हरायो ।
भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३ बल बाँकी छँदै १ सय ४८ रनमा अलआउट भयो । इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ४ तथा असर्दीप सिंह र यजुवेन्द्र चहालले २/२ विकेट लिए ।
यसघि टस जितेर ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले ५१ रन बनाए । भारतका अरु ब्याट्सम्यानले पनि आक्रामक ब्याटिङ गरे । यी दुई देशबीच ३ खेलको टी–२० र ३ खेलको एक दिवसीय श्रृङ्खला हुँदैछ ।
यसअघि सकिएको पाँचौँ टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३ सय ७८ रनको लक्ष्य पूरा गर्दै आफ्नो टेस्ट इतिहासमा सबैभन्दा धेरै रनको लक्ष्य पूरा गर्ने रेकर्ड बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।