जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, उपचार चल्दै

 असार २४, २०७९ शुक्रबार ९:८:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

जापानका पूर्व प्रधानमन्त्री सिन्जाे आबेमाथि गोली प्रहार भएको छ ।

नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनास्थलमा रहेका एनएचकेका संवाददाताले आफूले गोली चलेको आवाज सुनेको र पूर्व प्रधानमन्त्री आबेको शरीर रगतले लतपतिएको देखेको बताएका खबरमा उल्लेख छ ।

सडकमा ढलेका आबेलाई अस्पताल लगिएको छ । गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया