विश्वभरबाट जापानी पूर्व प्रधानमन्त्री आबेकाे स्वास्थ्यलाभको कामना

 असार २४, २०७९ शुक्रबार १२:४५:३ | एजेन्सी
unn.prixa.net

गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको विश्वभरबाट स्वास्थ्य लाभको कामना भएको छ ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका आबेलाई सुरक्षाकर्मीले तत्कालै खुला ठाउँमा लगेका थिए । केहीबेरपछि  एअर एम्बुलेन्सबाट अस्पताल लगिएको र उहाँको होस् आउन नसकेको समाचारमा उल्लेख छ ।

विश्वभरका नेताहरुले आबेको स्वास्थ्य लाभको कामना गरेका छन् । जी-२० सम्मेलनको क्रममा इन्डोनेसियामा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाको निन्दा गर्दै आबेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बान्स, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन, ताइवानका राष्ट्रपति इङ वेन, थाइल्यान्डका उपप्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ, भारतीय कांग्रेसका नेता राहुल गान्धी, फिलिपिन्स, मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री लगायतले जापानी पूर्व प्रधानमन्त्री आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई पक्राउ गरेको छ । जापानमा गोली प्रहारका घटना निकै कम हुने गरेको अवस्थामा पूर्व प्रधानमन्त्रीमाथि नै आक्रमण हुनुलाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । जापानमा हाते बन्दुक र पेस्तोलमाथि प्रतिबन्ध छ ।

६७ वर्षका सिन्जाे आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनुहुन्छ । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २०२० गरी ९ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको छ । सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया