४४ अर्ब डलरमा ट्वीटर किन्ने निर्णयबाट पछि हटे इलोन मस्क

 असार २५, २०७९ शनिबार ११:१३:४२ | एजेन्सी
unn.prixa.net

अर्बपति इलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट पछि हट्नुभएको छ । उहाँले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेको बीबीसीले जनाएको छ ।

मस्कले गएको अप्रिलमा ट्वीटर किन्ने निर्णय गर्नुभएको थियो । तर ट्वीटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको उहाँले बताउनुभएको छ । सम्झौता कार्यान्वयन गर्न कानुनी प्रक्रियामा जाने योजना रहेको ट्वीटरले जनाएको छ ।

ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा नै दायर गर्ने बताउनुभएको छ । सम्झौताको उल्लङ्घन गरेबापत मस्कले १ अर्ब र सम्भावित मुद्दाको सामना गर्नुपर्ने हुन सक्ने खबरमा उल्लेख छ ।

प्रारम्भिक खरिद सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो । विश्वका सबैभन्दा धनी मस्क रकेट कम्पनी स्पेस एक्स र विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुनुहुन्छ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया