श्रीलङ्का : जब प्रदर्शनकारी राष्ट्रपति भवनकाे काेठा–काेठामा पुगे

 असार २६, २०७९ आइतबार १५:२३:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : अलजजिरा

श्रीलङ्का आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ तर शनिवार श्रीलङ्कामा जे भयो, त्यसलाई लामो समयसम्म याद राखिनेछ । 

शनिवार श्रीलङ्कामा जे भयो त्यसको पृष्ठभूमि महिनौँदेखि तयार भइरहेको थियो तर असन्तुष्ट मानिसहरू राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा पस्छन् भन्ने सायद कसैले कल्पना गरेका थिए । 
राष्ट्रपति भवनभित्र पसेर असन्तुष्ट मानिसहरूले तोडफोड गरेर प्रधानमन्त्रीको निजी आवासमा आगो पनि लगाए । 

शनिवार आममानिसले सम्भवतः राष्ट्रपति कसरी बस्छन् भन्ने पहिलो पटक अनुभव गरे । उनको ‘महल’ मा कस्तो प्रकारको सुविधा हुन्छ भन्ने थाहा पाए । 

श्रीलङ्काको इतिहासमा सरकार र उसको नीतिदेखि असन्तुष्ट भएका मानिसहरू राष्ट्रपति भवनभित्र छिरेको यो पहिलो पटक हो । प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा मात्र होइन उनीहरूले त्यहाँको कुना–कुना देखे, सबै कोठामा छिरे । 

यो त्यही भवन थियो जहाँ केही घण्टा अघिसम्म सुरक्षाकर्मी र अङ्गरक्षकको कडा निगरानी थियो । राष्ट्रपति भवनभित्र पसेका प्रदर्शनकारी आज आइतवार पनि राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी आवासभित्र छन् । 

जुन भवनको हरेक वस्तुमा पहरा रहन्थ्यो त्यो शनिवार दिउँसो आमनागरिकको हातमा थियो । मानिसहरूले भवनभित्रको कैयौँ वस्तुलाई छोए, देखे ।

प्रदर्शनकारीको भिडमा विभिन्न किसिमका मान्छे थिए । केही प्रदर्शनकारी विना कुनै नेतृत्वमा आएका थिए, केही सङ्गठित रूपमा त केही कसैको नेतृत्वमा आएका थिए तर यसमा पनि विविधता थियो । 

प्रदर्शनकारीहरूलाई रोक्ने प्रयास नगरिएको होइन । तीमध्ये केही मानिसले तोडफोड गर्ने प्रदर्शनकारीहरूलाई रोक्ने कोसिस गरे र उनीहरूले गरेको व्यवहारको निन्दा पनि गरे । 

तोडफोड गर्ने प्रदर्शनकारीहरूलाई उनीहरूले राजभवनभित्र रहेको वस्तु सार्वजनिक सम्पत्ति हो, यसलाई क्षति पुर्याउन हुँदैन भन्दै सम्झाएको देख्न सकिन्थ्यो । 

त्यसपछि केही प्रदर्शनकारी एक कोठाबाट अर्काे कोठामा गए । प्रदर्शनकारी राष्ट्रपति भवनको भान्सा कोठामा गए र त्यहाँ भएको खाने कुरा खाए । 

त्यहाँ भएको खाना एक दिनअघि बनेको हुन सक्छ । भान्सामा जे खान या पिउन लायक थियो, मानिसहरूले उठाए । 

प्रदर्शनकारीहरूले राष्ट्रपति र उनको परिवारको प्रयोग गर्ने आराम कोठाको पनि प्रयोग गरे । 

केही प्रदर्शनकारी राष्ट्रपति भवनभित्रको शौचालयमा प्रयोग भएको वस्तु देखेर दङ्ग पनि गरे । केहीलाई बाथरुम (स्नान गृह) देख्नु सपनाजस्तै थियो, जुन निकै ठूलो कोठा र सुविधाले पूर्ण थियो । 

केही प्रदर्शनकारी राष्ट्रपतिको कक्षसम्म पनि पुगे । उनीहरूले त्यहाँ रहेको दराज खोले, त्यहाँभित्र रहेको राष्ट्रपतिको कपडा निकाले र लगाए पनि । 

त्यहाँ पुगेका मानिसहरूलाई नयाँ अनुभव थियो र त्यहाँ भएको सबै कुरा प्राप्त गर्न चाहन्थे । केहीले त खाटको नरम तन्नामा कुदेको पनि दिखियो । उनीहरूले नरम तन्नाको अनुभव पनि लिए । 

सबैभन्दा धेरै भाइरल भएको भिडियो स्विमिङ पुलको थियो । 

राष्ट्रपति भवनभित्र रहेको स्विमिङ पुलमा मानिसहरूले नुहाएको, दौडिएको देख्न सकिन्थ्यो । 

मानिसको भिड देखेर प्रहरी र सेना राष्ट्रपति भवनबाट हटाउनु परेको थियो । यस्तो हुन्छ भनेर उनीहरूलाई पनि थाहा थिएन । 

शनिवार अबेर राति प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी आवासमा आगो पनि लगाए । शनिवार बेलुकीसम्म प्रधानमन्त्री विक्रमासिङ्घे, उहाँकी पत्नी र बच्चा र कर्मचारीलाई सुरक्षित ठाउँमा लगिएको थियो ।   

श्रीलङ्कामा प्रदर्शनमा सहभागीमध्ये धेरैले शनिवारको घटनालाई देशमा नयाँ युगको सुरुवात भएको बताएका छन् । 

यो घटना हुनुभन्दा झन्डै एक हप्ताअघि राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिङ्घे संसदमा मुस्कुराएको फोटो भाइरल भएको थियो । त्यो फोटोलाई लिएर श्रीलङ्काली नागरिकले केही मानिसलाई एक समयको खानाका लागि सङ्घर्ष गरिरहनु परेको भन्दै मानिसहरू रिसाउनु जायज भएको टिप्पणी गरेका छन् । 

राष्ट्रपतिले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ । यद्यपि अप्रिल महिनामा त्यस बेलाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुभएको थियो र त्यसपछि रनिल विक्रमासिङ्घे प्रधानमन्त्री हुनु भएको थियो । 

तर हिजोको घटनापछि विक्रमासिङ्घेले पनि आफू राजीनामा दिन तयार रहेको घोषणा गर्नुभएको छ । सर्वदलीय पार्टी बन्न सकोस्, नागरिकको सुरक्षा सुनिश्चित होस् भनेर आफूले राजीनामा दिने घोषणा गरेको उहाँले ट्विटरमा भन्नुभएको छ । 

'बीबीसी हिन्दी' बाट

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया