ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी भएको छ ।
गएराति भएको खेलमा इङ्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो ।
भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक १ सय १७ रन बनाए । यस्तै, श्रेयस ऐरले २८, कप्तान रोहित शर्मा र विराट कोहलीले ११/११ रन बनाए । इङ्ल्यान्डका रिसी टोप्लेले ३ तथा डेविड विलि र क्रिस जोर्डनले २/२ विकेट लिए भने रिचार्ड ग्लेसन र मोइन अलीले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । इङ्ल्यान्डका लागि डेभिड मालनले ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै, लियाम लिभिङस्टोनले ४२, जासन रोयले २७, ह्यारी ब्रुरकले १९ र कप्तान जोस बट्लरले १८ रन बनाए ।
भारतका हर्सल पटेल र रवि विश्नोईले २/२ तथा अभेस खान र उम्रन मलिकले एक/एक विकेट लिए । गएरातिको खेलमा विजयी भए पनि इङ्ल्यान्डले तीन खेलको टी–२० श्रृङ्खला २–१ ले गुमाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।