ताप्लेजुङमा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 असार ३१, २०७९ शुक्रबार ६:२६:१५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

चट्याङ लागेर मेरिङ्देन गाउँपालिका-२ सान्थाक्र मैखुका १५ वर्षका बालक लाकुमार शेर्पाको घटनास्थलमै ज्यान गएको हो ।

सूर्यदेवि माविमा कक्षा ९ मा अध्ययनरत शेर्पा घरमा बसिरहेको बेला चट्याङ लागेको थियो । निमलामु शेर्पा र नितेम्बा शेर्पा घाइते भएका छन् । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया