श्रीलङ्काका राष्ट्रपति राजापाक्षेद्वारा राजीनामा, प्रदर्शनकारीले मध्यरातमै मनाए खुसीयाली

 असार ३१, २०७९ शुक्रबार ६:४०:९ | एजेन्सी
unn.prixa.net

देश छाडेर सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिनुभएको छ ।

हिजो माल्दिभ्सबाट सिङ्गापुर गएका राष्ट्रपति राजापाक्षेले इमेलमार्फत राजीनामा पत्र पठाएका सभामुख महिन्दा यापा अबेवर्दनाले बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपतिको राजीनामासँगै प्रदर्शनकारीले मध्यरातसम्म सडकमा खुसीयाली मनाएका खबरमा उल्लेख छ ।

राष्ट्रपति राजापाक्षेले यसअघि नै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रामासिङ्घेलाई सुम्पिनुभएको छ । तर राजीनामा दिनुको साटो प्रधानमन्त्रीले उल्टै कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी लिएको भन्दै प्रदर्शनकारी आक्रोसित छन् ।

प्रदर्शन चकिँदै गएपछि प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा सङ्कटकालको घोषणा गर्दै केही ठाउँमा कर्फ्यु लगाउनुभएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास नै कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका छन् ।

देश आर्थिक रुपमा टाट पल्टिनुको कारण राष्ट्रपति राजापाक्षेको नातावाद मुख्य कारण रहेको उनीहरुको आरोप छ । श्रीलङ्कामा औषधि समेत उपलब्ध हुन छाडेको छ । इन्धन, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव छ । स्कुल, कलेज बन्द रहेका छन्, इन्धन अभावमा यातायात र कलकारखाना समेत ठप्प रहेका छन् । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया