श्रीलङ्का : राष्ट्रपतिका लागि ‘महामहिम’ शब्द निषेध गर्ने रनिल विक्रमासिङ्घेकाे घाेषणा

 असार ३१, २०७९ शुक्रबार १६:४२:३५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिकाे रूपमा शपथ लिनुभएकाे छ । देशका प्रधानन्यायाधीश जयन्थ जयसूर्याले विक्रमासिङ्घेलाई शपथ ग्रहण गराउनुभयाे । 

अन्तरिम राष्ट्रपति पदकाे शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घाेषणा गर्नुभएकाे छ । राष्ट्रपतिलाई सम्बाेधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेकाे र राष्ट्रपतिकाे झण्डा हटाउने निर्णय गरेकाे उहाँले विज्ञप्तिमा भन्नुभएकाे छ । 

यसअघि गएकाे बिहीवार अबेर राति सिङ्गापुर पुग्नुभएका गाेटाबाया राजापाक्षेले श्रीलङ्काकाकाे संसद्का सभामुख महिन्दा यापा अबयवार्देनालाई आफ्नाे राजीनामा इमेल गर्नुभएकाे थियाे । त्याे राजीनामा आज सभामुखले स्वीकार गर्नुभएकाे थियाे । 

राजीनामा स्वीकृत भएकाे केहीबेरमा नै रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपति पदकाे शपथ लिनुभएकाे हाे । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया