जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट

 असार ३२, २०७९ शनिबार ६:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी-२० विश्व कपमा छनोट भएका छन् ।

आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन् । नेदरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । त्यस्तै जिम्बाब्वे पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । जितका लागि २ सय रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन मात्रै बनाउन सक्यो ।

दोस्रो सेमिफाइनलमा १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्डले १९ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो ।

नेदरल्यान्ड समूह ‘बी’ र जिम्बाब्वे ‘ए’ बाट अपराजित रहँदै सेमिफाइनल खेलेका थिए । जिम्बाब्वे र नेदरल्यान्ड छनोट भएपछि अस्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा १६ टोलीको टुङ्गो लागेको छ । अस्ट्रेलियाको विभिन्न ७ सहरमा हुने विश्व कप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया