प्रचण्डकाे भारत भ्रमण : आज र भाेलि उच्चस्तरीय भेटवार्ता गर्दै

 असार ३२, २०७९ शनिबार ६:४२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भारत भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

आज प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाबीच भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ ।

प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

हिजो भारत गएका प्रचण्ड भोलि स्वदेश फर्कनुहुनेछ । कांग्रेस नेतृ आरजु राणा पनि भारतमै रहेको र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै प्रचण्ड भारत भ्रमणमा गएकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर प्रचण्डले आफ्नो भ्रमण पूर्व निर्धारित कार्यक्रम अनुसार नै भएको दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया