गभर्नर अधिकारीको राजीनामा माग्दै नेविसङ्घ र अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

 साउन १, २०७९ आइतबार १०:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

बालुवाटारमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रदर्शनका क्रममा बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।

प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेकाले बल प्रयोग गर्नु परेको जनाएको छ । अहिले नेपाल राष्ट्र बैंक रहेको बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

नेकपा एमालेको आर्थिक विभागको सदस्यमा रहेका  एम अधिकारी गभर्नर नै भएकाे भन्दै अहिले आलोचना भइरहेको छ । एमालेले अहिलेसम्म यस विषयमा स्पष्ट पारिसकेको छैन । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया