इङ्ल्यान्डका बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

 साउन ३, २०७९ मंगलबार ६:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : द इन्डियन एक्सप्रेस

काठमाण्डाै - इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिने घोषणा गरेको जनाएको छ ।

३१ वर्षीय स्टोक्सले घरेलु मैदानमा आज दक्षिण अफ्रिकासँग पहिलो एक दिवसीय खेल्दै औपचारिक रुपमा सन्यास लिने भएका छन् ।

स्टोक्सले इङ्ल्यान्डका लागि १ सय ४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०१९ मा इङ्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको उपाधि नै जितेको थियो ।

स्टोक्सले यो विश्व कपमा ४ सय ६५ रन बनाएका थिए । स्टोक्स इङ्ल्यान्डको टेस्ट क्रिकेट टोलीको कप्तान रहेका छन् । सन् २०१९ को विश्व कप जित्ने सदस्यबाट सन्न्यास लिने स्टोक्स दोस्रो खेलाडी हुन् । यसअघि मोर्गनले सबै शैलीबाट सन्यास लिएका थिए ।
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया