सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा एक सयभन्दा धेरै जनाको ज्यान गयो

 साउन ५, २०७९ बिहिबार ६:३४:२० | एजेन्सी
unn.prixa.net

सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु नाइल राज्यका स्वास्थ्य मन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

गएको जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा दङ्गा भएको थियो ।

स्वास्थ्य मन्त्री जमाल नासरले अहिले दङ्गाको अवस्था केही शान्त भएको बताउनुभएको छ । त्यहाँ सेनाको तैनाथी छ ।

दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईबस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक झडपका घटना हुने गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया