मैत्रीपूर्ण खेलमा लिभरपुलले लाइपजिगलाई ५ गोलले हरायाे

 साउन ६, २०७९ शुक्रबार ६:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

मैत्रीपूर्ण खेलमा लिभरपुलले जर्मन क्बल आरबी लाइपजिगलाई ५ गोलले हराएको छ ।

रेडबुल एरिनामा गएराति भएको खेलमा लिभरपुलले लाइपजिगलाई ५–० गोलले हरायो । उसको जितमा भर्खरै बेन्फिकाबाट लिभरपुलसँग सम्झौता गरेका डार्विन नुनेजले ४ गोल गरे ।

यस्तै मोहम्मद सलाहले १ गोल गरे ।

लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले नुनेजको प्रदर्शनबाट आफू निकै उत्साहित भएको बताएका छन् । प्रिमियर लिग सुरु हुनुअघि मैत्रीपूर्ण खेलको यात्रामा रहेको लिभरपुलले यसै हप्ता म्यानचेस्टर सिटी र साल्जवर्गसँग खेल्दैछ। 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया