मङ्कीपक्स प्रकोप : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, ७५ देशमा १६ हजारभन्दा धेरै सङ्क्रमित

 साउन ८, २०७९ आइतबार ६:१५:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा धेरै जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको छ ।

डब्ल्यूएचओका अनुसार मङ्कीपक्सका कारण अहिलेसम्म विश्वभर पाँच जनाको ज्यान गएको छ । सङ्क्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकालाई जोगाउन आवश्यक कदम चाल्नुपर्नेमा डब्ल्यूएचओले जोड दिएको बीबीसीले जनाएको छ । त्यसका लागि डब्ल्यूएचओले आवश्यक तयारी र पहल भइरहेको पनि जनाएको छ । बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गर्छ ।

सङ्क्रमितमा ज्वरो आउने, जिउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । सङ्क्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् । तर यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहजरूपमा भने सर्दैन । सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट यो भाइरस सर्न सक्छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी रहेको पनि डब्ल्यूएचओले जनाएको छ ।

मङ्कीपक्सबाहेक अहिले कोरोना भाइरस र पोलियो उन्मूलनसम्बन्धीमा विश्वव्यापी स्वास्थ्य आपतकाल लागू गरिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया