वेष्ट इन्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत २ विकेटले विजयी

 साउन ९, २०७९ सोमबार ६:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई २ विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ ।

जितका लागि वेष्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेट्टायो । भारतका लागि अक्षर पटेल, श्रेयस ऐर र सञ्जु स्यामसनले अर्धशतकीय पारी खेले । अक्षर पटेलले ६४ रन बनाए भने श्रेयस ऐरले ६३ र सञ्जु स्यामसनले ५४ रन जोडे । यस्तै, सुभमन गिलले ४३ तथा कप्तान शिखर धवनले १३ रन बनाए ।

वेष्ट इन्डिजका अलजारी जोशेफ र काइल मेयर्सले दुई/दुई विकेट लिए । यस्तै, जेदेन सेल्स्, रोमारियो शेफर्ड र अकेल हुसैनले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । उसका लागि शाइ होपले सर्वाधिक १ सय १५ रनको शतकीय पारी खेले ।

होपले आफ्नो करिअरको एक सयऔँ खेलमा शतक बनाएका हुन् । यस्तै, कप्तान निकोलस पुरनले ७४ रनको अर्धशतकीय पारी खेले भने काएल मेयर्सले ३९, शमराह ब्रुरक्सले ३५,रोमारियो शेफर्डले १४ र रोभमन पवेलले १३ रन बनाए। भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक/एक विकेट लिए ।

पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल पर्सि हुनेछ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया