प्रेस युनियनको अध्यक्षमा शिव लम्सालको जित

 साउन ९, २०७९ सोमबार ६:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस निकट पत्रकारहरुको सङ्गठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।

संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दुलाई हराउँदै लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका धेरै पदमा पनि लम्साल समूहकै बाहुल्यता छ ।

प्रेस युनियनको महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा नकुल अर्याल तथा खुला उपाध्यक्षमा भीष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।

यस्तै, प्रदेश उपाध्यक्षमा प्रदेश-१ बाट डिलीराम खतिवडा, मधेस प्रदेशमा अनिलकुमार कर्ण, वाग्मतीमा मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्रबहादुर कार्की सुदूरपश्चिममा प्रेम चुनारा र उपत्यका उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भएका छन् ।
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया