काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

 साउन ११, २०७९ बुधबार ६:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मतीका केही ठाउँ, प्रदेश-१,गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई ठाउँमा ठूलो पानी परिरहेको छ ।

आज दिउँसो पनि देशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षा भइरहे पनि नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडीको आवागमनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले यो सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया