नेभिगेशन
बिहीबार, असोज २९, २०८३

नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३६ जना घाइते

नवलपरासी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनय त्रिवेणी–२ दाउन्नेमा बिहान भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । 

महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस सडक छेउको ढिस्कोमा ठोक्किँदा पल्टिएको हो ।

पल्टिएपछि  बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेका केहीलाई आगोले पोलेको छ ।

प्रहरीका अनुसार  घाइते २१ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, दुई जनाको नयाँ मेडिकल कलेज भरतपुर र १३ जनाको मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज