साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित : श्रीलङ्का ३–० ले पराजित

 साउन १२, २०७९ बिहिबार ६:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।

हिजो भएको अर्को खेलमा भारत बङ्लादेशसँग २–१ गोलले पराजित भयो । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।  यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । श्रीलङ्काको यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा श्रीलङ्का बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतवार र अन्तिम खेलमा बङ्लादेशसँग मङ्गलवार खेल्नेछ ।

फाइनल खेल अर्को शुक्रवार हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया