इलाम, झापालगायत पूर्वका केही ठाउँमा ठूलो वर्षा : दिउँसाेसम्म सतर्कता अपनाउन आग्रह

 साउन १३, २०७९ शुक्रबार ६:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापाको शनिश्चरे, चन्द्रगढी, केचनालगायतका क्षेत्रमा पानी परेको र मेची विरिङ, निन्दा, अदुवा खोलालगायत साना खोलामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले तटीय डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज देशभरको मौसम सामान्य बदली रहनेछ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज र भोलि ठूला नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया