बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बाब्वे विजयी

 साउन १५, २०७९ आइतबार ६:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्लादेश र जिम्बाब्वेबीचको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली जिम्बाब्वे विजयी भएको छ । हरारेमा गएराति भएको खेलमा जिम्बाब्वेले बङ्लादेशलाई १८ रनले पराजित गरेको हो ।

जितसँगै ३ खेलको टी–२० शृङ्खलामा जिम्बाब्वेले १–० को अग्रता बनाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बङ्लादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

जिम्बाब्वेका उस्ले माधिभेरी तथा सिकन्दर राजाले अर्धशतकीय पारी खेले । यी दुई टोलीबीच आज दोस्रो टी–२० खेल हुनेछ । त्यस्तै मङ्गलवार तेस्रो तथा अन्तिम टी–२० खेल हुनेछ । बङ्लादेश र जिम्बाब्वेबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो शुक्रवारदेखि सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया