भूकम्प ६ रेक्टर स्केलकाे, केन्द्रबिन्दु खाेटाङ

 साउन १५, २०७९ आइतबार ८:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - (अपडेट) खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का खोटाङ, काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ । त्यहाँ अहिलेसम्म बिजुली नियमित छ ।

क्षतिको विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया