२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दै

 साउन १७, २०७९ मंगलबार ६:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियाे । नेपाल अस्ति आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

बङ्लादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ । माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्लादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ ।

फाइनल खेल शुक्रवार हुनेछ ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया