भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो ।
पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एंव प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।
यो सडकखण्डमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीको आग्रह छ । पहिरो खसेको समयमा सुनसान ठाउँमा भन्दा पनि बस्ती भएका क्षेत्रमा गाडी रोक्न जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एंव प्रवक्ता नरहरि अधिकारीको अनुरोध छ । पहिरोका कारण लामो समयसम्म बाटोमै रोकिएर बस्दा खाना र पानी तथा र दिसापिसाब गर्न यात्रुलाई समस्या भएको भन्दै उहाँले बस्ती भएका क्षेत्रमा नै गाडी रोक्न आग्रह गर्नु भएको हो । प्रहरीका अनुसार नौबिसे-मुग्लिन सडकखण्डमा भने अहिले गाडीको आवागमन सामान्य छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।