प्रिमियर लिग : म्यानचेस्टर सिटीकाे विजयी सुरुवात, लेस्टर सिटी र ब्रेन्टफोर्डकाे बराबरी

 साउन २३, २०७९ सोमबार ६:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २–० गोलले अन्तरले हरायो । वेस्ट ह्यामको मैदानमा सिटीलाई जिताउन एर्लिङ हालान्ड नायक बने ।

खेलको ३६औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका उनले फेरि ६५औँ मिनेटमा अर्को गोल गरे । प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन् ।

यस्तै, गएराति नै भएको अर्का खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले २–१ गोल अन्तरले पराजित गर्यो । ब्राइटनका लागि पास्कल ग्रोसले खेलको ३० र ३९औँ मिनेटमा गोल गरे ।

यस्तै, म्यानचेस्टर युनाइटेडकै एलिस्टरले खेलको ६८औँ मिनेटमा आत्मघाती गोल गरे । जितसँगै म्यानचेस्टर सिटी र ब्राइटनले ३ अङ्क प्राप्त गरेका छन् ।  यस्तै, लेस्टर सिटी र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । लेस्टर सिटी र ब्रेन्टफोर्डले १–१ अङ्क बाँडेका छन् ।
 

अन्तिम अपडेट: भदौ २७, २०७९

तपाईको प्रतिक्रिया