सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने कुँवर पक्राउ

 साउन २३, २०७९ सोमबार ७:२२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई बिहीवार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका कुँवरलाई काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया