पाकिस्तानमा डेङ्गीको सङ्क्रमण फैलियो

 साउन २३, २०७९ सोमबार १०:२४:५४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा डेङ्गीको सङ्क्रमण फैलिँदै गएको छ ।

डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

स्थानीय स्वास्थ्य विभागका अनुसार डेङ्गीको सङ्क्रमण फैलिएपछि रावलपिण्डी जिल्लालाई अति संवेदनशील जिल्लामा राखिएको छ । त्यहाँका अस्पताललाई डेङ्गी भएका बिरामीको तत्काल उपचार थाल्न निर्देशन दिइएको छ । डेङ्गी नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ ।

एक हजारभन्दा धेरै समूह लामखुट्टे नष्ट गर्ने अभियानमा रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस जातका पोथी लामखुट्टेको टोकाइका कारण यो रोग मानिसमा सर्छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया