दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

 साउन २३, २०७९ सोमबार १२:२४:१५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

गोरखा जिल्ला आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

दङ्गीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रोनिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको क्रममा गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

अन्तिम अपडेट: साउन २५, २०७९

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया