आईसीसीको जुलाई महिनाको उत्कृष्ट खेलाडीको नतिजा सार्वजनिक : पुरुषतर्फ श्रीलङ्काका जयसूर्या र महिलातर्फ इङ्ल्यान्डलाई उपाधि

 साउन २३, २०७९ सोमबार १४:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्काका स्पिनर प्रवाथ जयसूर्या आईसीसीको जुलाई महिनाको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

इङ्ल्यान्डका जोनी वियरेस्टो र फ्रान्सका गुस्तोभ म्याक केओनलाई पछि पार्दै जयसूर्या जुलाई महिनाको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

३० वर्षका जयसूर्याले अघिल्लो महिना घरेलु मैदानमा अस्ट्रेलिया र पाकिस्तानसँग भएका खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अस्ट्रेलियासँगको एउटा खेलमा १ सय १८ रन दिएर ६ विकेट लिएका थिए भने अर्कोमा ५९ रन नदिएर ६ विकेट नै लिएका थिए । उनको उत्कृष्ट प्रदर्शनले श्रीलङ्काले शृङ्खला बराबरी गरेको थियो । यस्तै पाकिस्तानसँगका ३ वटा टेष्ट क्रिकेटमा ४ पटक ५ विकेट लिएका थिए ।

यस्तै महिलातर्फको जुलाई महिनाको उत्कृष्ट खेलाडीमा इङ्ल्यान्डकी इम्मा ल्याम चयन भएकी छिन् । उनले इङ्ल्यान्डकै न्याट स्किभर र भारतकी रेनुका सिंहलाई पछि पारिन् । अघिल्लो महिना दक्षिण अफ्रिकासँगको खेलमा उनले शतक प्रहार गरेकी थिइन्, यस्तै बाँकी २ खेलमा ६७ र ६५ रन बनाएकी थिइन्।

यस्तै अन्तिम खेलमा ३ विकेट समेत लिएकी थिइन् । 

अन्तिम अपडेट: भदौ २६, २०७९

तपाईको प्रतिक्रिया