नेपाललाई प्लास्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

 साउन २३, २०७९ सोमबार १६:१३:४९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लास्टिक प्रदूषणमूक्त बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाली देशमा रहेका नदी तथा समुद्रलाई प्लास्टिक प्रदूषणमूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, ‘प्लास्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन ।’ उहाँले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराउनुभयो । नेपाललाई प्लास्टिक प्रदूषणमूक्त बनाउन आफू मन्त्री भएपछि छोटो समयमै धेरै कामको सुरुवात भएको मन्त्री यादवले दाबी गर्नुभयो । 

आउँदो भदौ १ गतेदेखि प्लास्टिक प्रदूषणमूक्त बनाउन थप काम हुन गइरहेको उहाँको भनाइ छ । यसैगरी वीरगञ्जमा रहेको सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्त्वपूर्ण काम भइरहेको उहाँले बताउनुभयो । 

मन्त्री यादवले प्लास्टिकजन्य पुष्प गुच्छा तथा माला आयात, बिक्री, वितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया