क्रिकेटमा नेपालको चासो र क्षमता देखेर उत्साहित छु : मुख्य प्रशिक्षक प्रभाकर

 साउन २३, २०७९ सोमबार १८:११:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रभाकर भारतको राष्ट्रिय टोलीका पूर्वअलराउन्डर र रणजी ट्रफीको विजेता प्रशिक्षक हुन् । उनले भारतका लागि ३९ टेस्ट र एक सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले दिल्ली, राजस्थान र उत्तर प्रदेश क्रिकेट सङ्घमा रहेर रणजी ट्रफीका लागि प्रशिक्षक बनेका छन् । उनले अफगानिस्तानी राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका पनि निभाएका छन् ।

मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले नेपालमा क्रिकेटप्रतिको चासो देखेर आफू उत्साहित भएकाे बताएका छन् । ‘नेपालमा क्रिकेटप्रतिको चासो, खेलाडीमा भएको क्षमता र स्तर देखेर म नेपालसँग काम गर्न उत्सुक छु’, प्रभाकरले भनेका छन् ।  

नेपालले यही अगस्टकाे अन्तिमदेखि केन्यासँग टी–२० र एकदिवसीय शृङ्खला खेल्दैछ । अब प्रभाकरले केन्या भ्रमणलाई नै लक्षित गरेर नेपाली टोलीलाई प्रशिक्षण दिन थाल्नेछन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया